२८ चैत्र २०८१, शुक्रबार

असिना पानीबाट भएको क्षतिको विवरण संकलन

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं ३ ले असिना पानीबाट भएको क्षती विवरण संकलन गर्न थालेको छ ।

शनिवार बिहान करिब २ बजेतिर आएको असिना पानीले चन्द्रपुर नगरपालिका वाड नम्बर ३ का कृषकले लगाएको मकै र केरा खेतीमा बढी क्षती गरेको हो । वार्ड कार्यलयले एक सूचना जारी गरि असिनापानी हावाहुरीबाट अन्न, तरकारी तथा फलफूल बालीमा क्षति पुगेकाले विवरणसहित निवेदन दिन आग्रह गरेको छ ।

असिना पानीबाट घरगोठमा पुगेको क्षति विवरण पनि दिन सकिने वार्ड अध्यक्ष बोधराज देवकोटा (रबि)ले बताए । असिना पानीबाट आफ्नो वाडमा बढी क्षती गरेको उनले दाबी गरेका छन् ।

उनका अनुसार असिना पानीबाट मर्कामा परेका कृषकलाई राहतका लागि पहल गर्ने उनले बताए । वृन्दावन नगरपालिका–१ बलेरीका किसान प्रेमलाल पटेल १० कठ्ठा, रविन्द्र पटेलले १५ कठ्ठा, हेमन राउतले १५ कठ्ठा मकै तथा १५ कठ्ठा गहुँबालीमा पनि क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र गौरले असिना पानीबाट भएको क्षती विवरण संकलन भइरहेको जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]