०३ बैशाख २०८२, बुधबार

रौतहट एसईई परीक्षा : ४ सय ६९ थान मोबाइल बरामद

रौतहट । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सामेल परीक्षार्थीले बोकेका ४ सय ६९ थान मोवाइल बरामद गरिएको छ ।

विभिन्न परीक्षा केन्द्रमा चिट चोर्न प्रयोजनका लागि परीक्षार्थीहरुले आफ्नो शरीरमा मोबाइल लुकाइ छिपाइ परीक्षा हलभित्र प्रवेश गरेकोमा चेकजाँचका क्रममा फेला पारी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार एक प्रेस नोट जारी गर्दै उक्त जानकारी दिएको हो ।

परीक्षा हलभित्र गार्डको रूपमा खटि आफ्नो जिम्मेवारी कुशलपूर्वक निर्वाह नगरेको र अमर्यादित क्रियाकलाप गरेका दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले बताए ।

उनका अनुसार पक्राउ परेकाहरु सग आवश्यक अनुसन्धान कार्य भै रहेको छ । प्रहरीले कुन÷कुन परीक्षा केन्द्रबाट गार्डलाई नियन्त्रणमा लिएको खुलाएको छैन । परीक्षा संचालन भएको तीन दिनको अबधिमा १२ सय ३३ थान मोवाइल बरामद भैइसकेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]