२८ चैत्र २०८१, शुक्रबार

आइपिएलमा मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले चार विकेटको जित निकालेको छ । आइपिएलको १८ औं संस्करणको तेस्रो खेलमा चेन्नर्ईले मुम्बईलाई चार विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको हो ।

कप्तान ऋतुराज गायकवाड र ओपनर रचिन रविन्द्रको अर्धशतकमा चेन्नाई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको हो ।

मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नर्ईले ६ विकेट गुमाएर १९.१ ओभरमा पूरा ग¥यो । ओपनर रचिन रविन्द्र ६५ रन बनाउँदै नट आउट रहे । उनले ४५ बलमा २ चौका र ४ छक्का हाने ।

कप्तान ऋतुराज गायकवाडले २६ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ५३ रन बनाए । रवीन्द्र जडेजा १७ रन बनाएर नट आउट रहे। चेन्नाईका अन्य ब्याटर चल्न सकेनन् ।

महेन्द्रसिंह धोनीले दुई बल मात्रै खेले तर रन बनाउन सकेनन् । बलिङतर्फ मुम्बईका विग्नेश पुथुरले तीन तथा दीपक चाहर विल ज्याक्सले एक÷एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए । उनले ४१ बलमा २ चौका र २ छक्का हाने । कप्तान सूर्यकुमार यादवले २६ बलमा २ चौका र १ छक्का प्रहार गरी २९ रन बनाए ।

बलिङतर्फ चेन्नर्ईका नूर अहमदले ४, खलिल अहमदले तीन ‍तथा नाथन इलिस र रविचन्द्रन आश्विनले एक÷एक विकेट लिए । आइपिएलमा सोमबार दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन् ।

आइपिएल
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]