०३ बैशाख २०८२, बुधबार

कर्णालीको विकास खर्च १५ प्रतिशत मात्रै

सुर्खेत । कर्णाली सरकारले जम्मा १५ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक बर्षको आठ महिनामा कर्णाली सरकारको बिकास बजेट दुई अर्ब ८५ करोड २५ लाख रुपैयाँमात्रै खर्च भएको छ ।

कर्णाली सरकारले चालु आर्थिक बर्षमा विनियोजन गरेको कूल बिकास बजेटको १५.१९ प्रतिशत मात्रै हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले विकासतर्फ १८ अर्ब ७५ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सरकारको बजेट खर्च बर्सेनी कमजोर देखिँदै आएको छ । सरकारले बजेट कार्यान्वयनको अवस्था बढाउने प्रतिबद्धता जनाउँदै आएको भए पनि नतिजा देखिएको छैन । सरकारका विभिन्न मन्त्रालयले गरेको अर्धवार्षिक समीक्षामा मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयनको दायरा बढाउन निर्देशन दिए पनि बजेट कार्यान्वयनले गती लिन सकेको छैन ।

चालु आर्थिक वर्ष सरकारले ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य लिएको भए पनि बजेट कार्यान्वयनको अवस्था हेर्दा लक्ष्य हाँसिल गर्न सकिने अवस्था नरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका एक कर्मचारीले बताए । ‘बजेट कार्यान्वयनको प्रगती आशा लाग्दो देँखिँदैन’ उनले भने, ‘यही गतिमा सरकारले लिएको लक्ष्य हाँसिल गर्न सकिँदैन ।’

सबैभन्दा धेरै बजेट रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चालु आर्थिक बर्षको यो अवधीसम्म जम्मा एक अर्ब ७३ करोड एक लाख रुपैयाँमात्र खर्च गरेको छ । यो कूल बजेटको १७ प्रतिशत मात्रै हो । यो मन्त्रालयसँग चालु आर्थिक वर्षमा १० अर्ब १७ करोड ८२ लाख बराबरको विकास बजेट छ ।

सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षको फागुन महनिासम्म २०.७२ प्रतिशत बजेट खर्च गरेको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ८.११ प्रतिशतमा सिमित भएको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ११.४४, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ४.९४ प्रतिशत पुँजीगत बजेट कार्यान्वयन गरेको लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी दीपेन्द्र मगरातीले बताए । चालु आर्थिक वर्ष कर्णाली सरकारले ३१ अर्ब ४१ करोड कुल बजेट विनियोजन गरेको छ ।

कर्णाली
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]