२८ चैत्र २०८१, शुक्रबार

जसपा नेपालले परिसङ्घ गठन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले परिसङ्घ गठन गर्ने भएको छ । नेपालको संविधान, कानून र अन्तर्राष्ट्रिय महासन्धिसमेतले निषेध गरेको लैङ्गिक तथा जातिय÷राष्ट्रिय उत्पीडन तथा असमानता र विभेदलाई अन्त्य गर्न, उत्पीडित समुदायहरुको राष्ट्रिय पहिचानको मान्यता, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व र अधिकारका साथै समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्तिका लागि सङ्घर्ष गर्न परिसङ्घ गठन गर्न लागिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

खासगरी दलित, आदिवासी जनजाती, पिछडावर्ग, थारु, अल्पसङ्ख्यक समुदायहरुसँग सम्बन्धित सङ्घ÷सङ्गठन, संस्था र व्यक्तित्वहरु सम्मिलित महासङ्घ वा परिसङ्घ गठन गरी सोको नीति, कार्यक्रम र कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिने प्रमुख बस्नेतले बताए ।

१९९७ सालदेखि हालसम्म जहाँनीया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्रात्मक प्रणालीको अन्त्य भई मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली स्थापित भइसक्दा पनि सामन्तवादी उत्पीडन, वर्णवादी तथा नश्लवादी जातीय सोच, चिन्तन र अभ्यासका कारणले शोषित, उत्पीडित वर्ग र जाति÷समुदायहरुमाथि अन्याय, अत्याचार, शोषण, दमनका साथै विभेद, उत्पीडन र असमानतामा खासै परिवर्तन आउन नसकेको पार्टीको ठहर छ ।

जसपा नेपाल
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]