०३ बैशाख २०८२, बुधबार

प्रधानमन्त्रीको प्रतिबद्धता : त्रिविको जग्गा फिर्ता आउँछ, हिनामिना गर्ने कारबाहीमा पर्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा फिर्ता ल्याइने बताएका छन् । आज (बुधबार) सामाजिक सञ्जालमार्फत ललिता निवासको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्रिविको जग्गा पनि त्रिविकै नाममा ल्याइने प्रतिवद्धता जनाएका हुन् ।‘एउटा संयोग–२०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न मन्त्रिपरिषद्बाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेका थियौँ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको छ ।’

त्यसपछि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोग पनि त्रितालको नेतृत्वमा समिति बनेको प्रधानमन्त्री ओलीले लेखेका छन् । ‘आयोगको अध्ययन प्रतिवेदन हिजो (मङ्गलवार) प्राप्त भएको छ । शारदाप्रसाद त्रिताल अस्वस्थ हुनुहुँदोरहेछ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ,’ प्रधानमन्त्री ओलीले अगाडि लेखेका छन् ।

‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउने छन्,’ प्रधानमन्त्री ओलीले त्यसपछि लेखेका छन्, ‘आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ ।’ आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिने प्रधानमन्त्री ओलीले भनेका छन् । ‘हात हालेपछि यसलाई टुङ्गोमा पुर्‍याएरै छाडिने छ,’ प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]