२८ चैत्र २०८१, शुक्रबार

‘तीनकुनेमा मण्डले अराजकता देखियो, राजावादीहरुले चरित्र देखाए’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा अराजकता देखाएर राजावादीहरुको आफ्नो चरित्र देखाएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले १२ वर्ष ढुंग्रामा हालेपनि कुकुरको पुच्छर बांगै भनेको जस्तै राजावादीहरुले तीनकुनेका अहिले मण्डले अराजकता देखाएको बताए ।

उनले भने, ‘मैले आज यहाँ बोल्दैगर्दा मंैले सुरक्षा निकायसँग लगातार बुझिराखेको छु । १२ वर्ष ढुंग्रामा हालेपनि कुकुरको पुच्छर बांगै भनेकोजस्तो त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठ भएको छ । तीनकुने अहिले मण्डले अराजकताको । सबै प्रतिगामी निरङ्कुश्तावादीहरुको एउटा प्रतिक जस्तो बनेको छ । त्यहाँ घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुंगा प्रहार गरेका छन्, मण्डलेहरुले । उनीहरुले चाहेका छन् केही मान्छे मरुन् र देशैभरी आतंक मच्चियोस् भन्ने चाहेका छन्, त्यो राजावादीहरुको चरित्र हो ।’

यस्तै, उनले राजावादीहरु वातावरणलाई धमिलाउन, उत्तेजित र आतंकित पार्ने मनसायले आएको पनि बताए ।

उनले भने, ‘एकातिर गणतन्त्रवादीहरुको विरोध सभा अर्कोतिर राजावादीहरुको प्रतिगामी सभा एकै दिन पारियो, आजको दिन सबैभन्दा पहिला गणतन्त्रवादी मोर्चाको हैसियतले हाम्रो मोर्चाबाट चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने र सभा गर्ने घोषणा गरिएको थियो । हामीले घोषणा गरेपछि राजावादीहरुले पनि आजकै दिन प्रदर्शन र सभा राख्ने घोषणा गरे । त्यसबाट उनीहरु कही न कही वातावरणलाई धमिलाउन चाहने, उत्तेजित र आतंकित पार्ने मनसाय देखिएकै थियो ।’

यसको साथै, उनले ज्ञानेन्द्र शाहलाई विगतमा धेरै गल्ती गरेको परिणाम उनले भोगिरहेको भन्दै अब अर्को गल्ती गरेभने उनले भोग्न केही पनि बाँकी नरहने भन्दै खबरदारी गरेका छन् ।

उनले भने, ‘म चुनौतीको साथ फेरि भन्न चाहन्छु । नेपाली जनता र नेपालको राजनीतिक दलहरुको उद्धारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडी फर्काउने दुष्साहस नगरियोस, मैले ज्ञानेन्द्र शाहलाई मधेशमा अभियानमा अगाडि बढ्दै गर्दा भनेको थिए विगतमा उनले धेरै गल्ती गरे र त्यसको परिणाम उनले भोगि रहेका छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाकी रहदैँन् खबरदार ।’

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]