०३ बैशाख २०८२, बुधबार

हिन्दु राष्ट्र घोषणाको माग गर्दै राप्रपा मकवानपुरले गर्यो विरोध प्रदर्शन

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले मकवानपुरको हेटौंडा–१० मा रहेको सीमाचोकमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले नेपालमा राजा स्थापित हुनुपर्ने र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राखेका थिए ।

कार्यक्रममा राप्रपा मकवानपुरका कार्यभाग अध्यक्ष सागर थापाले काठमाडौंमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी दमन गरेको आरोप लगाए । उनले सरकारले नेपाली जनतालाई मार्ने बाहेक अरू केही नगरेको बताए । ‘सरकारले जुन क्रियाकलाप गरेको छ, त्यसको विरोधमा हामीले आज यो प्रदर्शन आयोजना गरेका हौँ,’ उनले भने ।

थापाले यो शान्तिपूर्ण विरोध भएको र आजदेखि थप आन्दोलनको तयारी हुने जानकारी दिए । काठमाडौंमा पत्रकारको मृत्युको घटनामा पनि प्रहरीको गल्ती रहेको उनको दाबी थियो ।

प्रदर्शनमा राजावादी समर्थकहरुको उल्लेख्य उपस्थिति थियो, र उनीहरूले राजाको समर्थनमा र सरकारको विरोधमा नारा लगाएका थिए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]