२८ चैत्र २०८१, शुक्रबार

इस्लाम धर्म अपनाउन अस्वीकार गर्दा पाकिस्तानमा एक हिन्दूको हत्या

पेशावर —पाकिस्तानको पेशावरमा एक जना हिन्दू नागरिक नदीम अमीनको गोली हानी हत्या गरिएको छ । नदीमलाई इस्लाम धर्म अपनाउन अस्वीकार गरेका कारण गोली हानेर हत्या गरिएको हो ।

पेशावरको पोस्टल कोलोनीमा हत्या भएको बीबीसी उर्दुले जनाएको छ । शनिबार आफ्नो काम सकेर घर फर्किरहेका नदीममाथि गोली प्रहार भएको हो । ५६ वर्षीय नदीम पेशाले एक सरकारी संस्थानका कर्मचारी हुन् । गोली प्रहारपछि भागेका आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

नदीमका भाई सागर अमीनले आफ्नो निवेदनमा कोलोनीमा रहेका बेला आफ्ना दाईमाथि मुश्ताकले गोली प्रहार गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘गोली लागेपछि घाइते भएका दाईलाई अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भयो ।’

निवेदनअनुसार आरोपीहरुले दुई/तीन महिनादेखि नदीमलाई इस्लाम धर्म अपनाउन धम्की दिइरहेका थिए । तर पटक–पटकको धम्कीपछि पनि इस्लाम अपनाउन अस्वीकार गरेपछि उनको गोली हानी हत्या गरिएको उनका भाई सागरले बीबीसीसँग भनेका छन् ।

भाना मारी प्रहरी चौकीका एसएचओ अजमल हयातले बीबीसी उर्दुसँग कुरा गर्दै हत्यापछि अभियुक्तहरु फरार भएका थिए । तर डीएसपी सिटी यख तुत सर्किलको नेतृत्वमा खटिएको एक विशेष टिमले मुश्ताकलाई चारसड्डा क्षेत्रबाट पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक बयानमा मुश्ताकले नदीमको अमीनको हत्या आफूले गरेको स्वीकार गरेका छन् ।

पाकिस्तानमा एक हिन्दूको हत्या
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]