०३ बैशाख २०८२, बुधबार

कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सम्पूर्ण कार्यकर्ताहरुको रिहाइको माग राख्दै विरोध प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

राप्रपा र निकटका संगठनले नेताहरूलाई झूटो मुद्दा लगाएर पक्राउ गरी कारवाही थालिएको भन्दै रिहाइको मागसहित विरोध प्रदर्शन गरेका हुन् ।

झुठा मुद्दामा पक्राउ परेका राप्रपा नेता लगाएत सम्पूर्ण राष्ट्रवादी नेताहरुलाई तत्काल रिहाइ गर्नुपर्ने, शुक्रबारको घटनाका मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, घटनाको न्यायोचित छानबिन गर्ने मुख्य माग राखेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

शुक्रबारको प्रदर्शनका क्रममा हिंसात्मक क्रियाकलापमा उक्साएको भन्दै राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणालगायत नेता कार्यकर्ता पक्राउ परेका थिए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]