२८ चैत्र २०८१, शुक्रबार

सप्तरीमा भव्य रूपमा सम्पन्न चैती छठ, उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै व्रत समापन

सप्तरी, चैत २२ – श्रद्धा, भक्ति र धार्मिक सहिष्णुताको प्रतीकका रूपमा रहेको चैती छठ पर्व सप्तरी जिल्लामा विशेष उत्साहका साथ सम्पन्न भएको छ। व्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिने पर्वको समापन गरेका छन्।

विशेषगरी हनुमाननगर लगायतका क्षेत्रमा व्रतालुहरूको सक्रिय सहभागिता रहेको यो पर्व यस वर्ष झनै भव्य रूपमा सम्पन्न भएको छ। छठ पर्वको मुख्य आकर्षण सूर्यदेवको पूजा भएकाले आज बिहान श्रद्धालुहरूले गंगाजल र पवित्र जलाशयमा स्नान गरी अर्घ अर्पण गरेका थिए।

पर्वको पहिलो दिन व्रतालुहरूले नुहाइ-धुवाइ गरी चोखो भोजन ग्रहण गरेका थिए। दोस्रो दिन खरनामा सख्खर हालेको खिर, पुरी, केरा लगायतका प्रसाद ग्रहण गरेका थिए। तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिएको थियो। अन्तिम दिन अर्थात् आज, उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी छठ व्रत सम्पन्न गरिएको हो।

व्रतालुहरूले छठ पूजा गर्दा विशेष प्रसादका रूपमा केरा, सुन्तला, नरिवल, अदुवा, गहुँको पिठोबाट बनाइएको ठकुवा, उखु आदिको प्रयोग गरेका थिए। साथै, बासको छिटा, दौरा, सुप, माटोबाट निर्मित हात्ती, ढकना, दियो, कलश लगायतका सामग्रीहरू अनिवार्य रूपमा पूजामा समावेश गरिएको थियो। यी वस्तुहरू शुद्धताको प्रतीक मानिन्छ।

धार्मिक मान्यता अनुसार, यस पर्वको आराधनाले घरमा सुख-शान्ति ल्याउने, चर्मरोग निको पार्ने तथा आपसी सद्भाव र प्रेम बढाउने विश्वास गरिएको छ। हनुमान मन्दिरका पण्डित गोविन्द्र मिश्रका अनुसार सूर्यदेवको पूजा मार्फत परिवारमा सकारात्मक ऊर्जा प्रवाहित हुने मान्यता रहेको छ।

यसरी, सप्तरीमा भव्य रूपमा सम्पन्न भएको चैती छठ पर्वले धार्मिक आस्था र संस्कृति प्रति श्रद्धाभाव अझै मजबुत बनाएको छ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]