२८ चैत्र २०८१, शुक्रबार

गुडिरहेको गाडीको ढोकाबाट लडेर यात्रुको मृत्यु

सल्यान । सल्यानमा गुडिरहेको गाडीको ढोकाबाट लडेका एक यात्रु युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका– ५ का २८ वर्षीय गणेश बुढा छन् ।

सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार बुढा बिहीबार साँझ ६ बजे कर्णाली प्रदेश ०२००१ ख ०७९० को फोर्स गाडीको ढोकामा झुण्डिएर यात्रा गरिरहेका थिए । छिन्चु –जाजरकोट सडक खण्ड अन्तरगत सल्यानको बनगाड कुपिन्डे नगरपालिका – १ बाङगिरा पुगेपछि गाडीको ढोकाबाट लडेका थिए । गाडी बाँकेको नेपालगञ्ज हुँदै सुर्खेतको गोजीबजार जाँदै थियो ।

लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्नेतले बताए । चालक सुर्खेतको सिम्ता गाउँपालिका – ५ का ४३ वर्षीय जिवराज गिरीसहित गाडी इलाका प्रहरी कार्यालय देवस्थलको नियन्त्रणमा छन् ।

यात्रुको मृत्यु
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]