२८ चैत्र २०८१, शुक्रबार

अन्तरिम आदेश नपाएपछि पत्रकार सम्मेलन गर्दै कुलमान

काठमाडौं । आफूलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि कुलमान घिसिङले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै छन्।अदालतले प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नै निरन्तरताको आदेश दिएको भोलिपल्ट आज घिसिङले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।पत्रकार सम्मेलन दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा हुनेछ । सहभागिताका लागि उनले सञ्चारकर्मीलाई अनुरोध गरेका छन् ।सरकारले यही चैत ११ गते घिसिङलाई हटाएर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो । घिसिङको पदावधि ४ महिना बाँकी थियो ।शाक्यले पनि घिसिङको नियुक्ति नै गलत भएको दाबीसहित ४ वर्षअघि आफूले दायर गरेको रिटमा पहिले निर्णय हुनुपर्ने माग गरेर रिट दिएका थिए ।

कुलमान घिसिङले आज (शुक्रबार पत्रकार सम्मेलन गर्दै छन् सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]