२८ चैत्र २०८१, शुक्रबार

लागूऔषध खैरो हिरोइनसहित चार भारतीय नागरिक पक्राउ

रौतहट । प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित पर्सा प्रहरीले चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको रक्सौल–१४ मौजे टोलका ३२ वर्षीय कृष्ण कुमार गुप्ता, वडा नम्बर १३ का ४० वर्षीय सुधीर कुशवाहा र ३८ वर्षीय अमित श्रीवास्तव तथा वडा नम्बर १ का राजा कुमार यादव रहेका छन् ।

वीरगञ्ज महानगरपालिका – १६ रजतजयन्ती चोकस्थित सडक खण्डमा प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा स्कार्पियो गाडीबाट २२० ग्राम खैरो हेरोइन सहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा बीआर ०६ डीई ०००७ नम्बरको कालो स्कार्पियो गाडीलाई रोकी जाँच गर्दा गाडीको पछाडिको डिक्कीमा कार्पेटले छोपेर कालो प्लास्टिकको झोलामा लुकाइएको खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

लागूऔषधमध्ये एउटा पोका भित्र १०० ग्राम र अर्को पोकामा १२० ग्राम गरी जम्मा २२० ग्राम खैरो हेरोइन बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका चारै जना विरुद्ध लागूऔषध मुद्दामा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराएर प्रहरी हिरासतमा राखिएको छ । यस विषयमा आवश्यक अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भारतीय नागरिक पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]