
सप्तरीको कञ्चनरूप स्थित बदगामा राती मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भने एकजना गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहबाट कंचनपुरतर्फ आउदै गरेको प्रदेश २–०२–०१६ प १२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रोडको साईडमा पल्टिँदा दुर्घटनामा गम्भीर कञ्चनरूप नगरपालिका १२ रूपनगर बस्ने वर्ष २७ का बिक्रम बन्जाराको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तरी रुपनी गाउँपालिका. ४ बस्ने वर्ष ३४ को सन्तोष ईसर गम्भीर घाइतेको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको क्रममा सन्तोष ईसरको आईतबार नोबेल अस्पतालमा साँझ करिब ६:00 बजे मृत्यु भएको छ । उहाँ जनमत पार्टीबाट गएको चुनावमा जनमत पार्टीबाट बडाअध्यक्ष पदमा चुनाव लडनु भएको थियो । सोही चुनावमा एक सय पचास मत ल्याउनु भएका थिए ।
उहाँ समाजसेवी सन्तोष ईसरको दुई छोरा रहेको छ । उहाँको परिवरजनमा ईश्वरले धैर्यधारण गर्ने क्षमयता प्रदान गरुन् । उहाँको पार्थिक शरिको दाह संस्कार सोमबार गरिनेछ । मृतको परिवारले बताए ।