०३ बैशाख २०८२, बुधबार

आईटी कम्पनीले घुस नदिँदा रुपनी गाउँपालिकाले रोक्यो भुक्तानी

सप्तरी,२५ चैत्र । सप्तरीको धेरै नै विवादित गाउँपालिका मध्येको एक हो, रुपनी गाउँपालिका । एकपछि अर्को काण्डले सधै चर्चाको शिखरमा रहेको गाउँपालिकाले अतरिक्त रकम दिन नमान्दा एक आईटी कम्पनीलाई भुक्तानी दिन मानेको छैन।

रुपनी गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा गाउँसभाबाट स्वीकृत वडा नं.२ मा वडा स्तरिय योजनाबाट डिजिटलाईजेशन तथा ग्रुपिंग एस.एम.एस कार्य संचालन गर्न रु.७ लाख छुटयाएको थियो ।
राजविराजको बिजनेश विर्थ टेक्नोलोजि कम्पनीले कानुन सम्वद्ध सबै प्रक्रिया पूरा गरी भ्याट बाहेक रु. ६ लाख ११ हजार ८ सय ५० रुपैयाँमा काम गरिने कबोलनामा गरी मिति २०८१ साल बैशाख २१ गते सम्झौता गरियो ।

आईटी सम्बन्धि काम भएकाले कम्पनीले सम्झौता गरेको मितिले झण्डै एक महिना १० दिन भित्र काम सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । कम्पनीले पनि आफ्ना भएभरका जनशक्ति एउटै काममा लगाएर काम फते गरीदिए ।

अब सुरु भयो भुक्तानी प्रक्रिया
समान्यतया कुनै पनि आपूर्तिकर्ता कम्पनीले काम गरेपछि भुक्तानी माँग गर्ने उसको अधिकार पनि हो, सोही बमोजिम बिजनेश विर्थ टेक्नोलोजिले पनि अन्तिम भुक्तानीका लागि गाउँपालिकामा बिल भरपाई पेश गरेपछि कमिशन बिना एक ईन्च दायाँ बायाँ नहलिने गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत तारणी प्रसाद यादवले भुक्तानी दिन मानेनन् ।

अधिकृत यादव उनै व्यतिm हुँ जसले पत्रकार आदित्य अजय सँग बिज्ञापन दिए बापतको ५० प्रतिशत रकम कमिशन मागेका थिए । पछि त्यसको कल रेकर्ड नै सामाजिक सञ्जालमा भाईरल भएको थियो ।
यसले पनि स्पष्ट पार्छ कि अधिकृत यादव कति घुसियाहा हुँन् । उनको भ्रष्ट आचरणकै कारण उनी विवादमा तानिए र पछि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा उमेश प्रसाद यादव हाजिर भए ।

उमेश यादव आएपछि पुनः भुक्तानीको लागि तागेदा बिजनेश विर्थ टेक्नोलोजिले सुरु गरयो । तर हातलागी शुन्य नै प्राप्त भयो । नयाँ प्रशासकीय अधिकृतले यस विषयमा आफूलाई केही थाहा नभएको बिजनेश विर्थ टेक्नोलोजिका सफ्टवेयर डेभलपर उमेश कुमार यादव बताए ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीमा कार्यरत यादव निर्वाचन आयोगबाट कार्यालय समय बाहेकको समयमा आफ्नो सीप र क्षमता अनुसार कुनै पनि संघ,संस्थामा परामर्श तथा अध्ययन अनुसन्धानमा काम गर्न पाउने गरी विभागीय अनुमति लिएर फुर्सदको समयमा बिजनेश विर्थ टेक्नोलोजिका सफ्टवेयर डेभलपरको रुपमा काम गर्दै आएका छन ।

कमिशन खान पलकेका घुसियाहा कर्मचारीहरु बिजनेश विर्थ टेक्नोलोजिको सक्कल फायल नै गायब गरिदियो । फेरी बहाना सुरु भयो फायल भेटिरहेको छैन, केही दिन जेनतेन फायल खोज्दैछु भने नाटक मंचन गरेका घुसियाहा कर्मचारीहरुलाई बिजनेश विर्थ टेक्नोलोजिले नै जुक्ति निकालिदियो म सँग सक्कल सम्झौता र कार्यादेश छदैछ तपाईको कार्यालयमा पो छैन खोज्नुस् तर भुक्तानी दिनुस् ।

बिजनेश विर्थ टेक्नोलोजिले आफ्नो कार्यालमा भएको सम्झौता र कार्यादेश पनि दियो । तर नियत नै खराब देखिपछि के को भुक्तानी हुन्छ । अन्तत बिजनेश विर्थ टेक्नोलोजिले भुक्तानी पाएनन् । अनि सुरु भयो सामाजिक सञ्जालमा वार, बिजनेश विर्थ टेक्नोलोजिले काममा खटाएका आईटी एक्सपर्ट कामदारहरुलाई गर्नुपर्ने भुक्तानी गर्न सकेको छैन । छोटो समयमा दिन रात एक गरेर काम गरेको ठाउँबाट पैसा नआउँदा अप्ठयारोमा परेको बिजनेश विर्थ टेक्नोलोजिका प्रबन्ध निर्देशक रेणु कुमारी यादवले दुखेसो पोख्नुभयो ।
बिजनेश विर्थ टेक्नोलोजिले नियमानुसार रु.७९ हजार ५ सय ४० रुपैयाँ ५० पैसा भ्याट समेत तिरी सकेका छन ।

भ्रष्टाचारको अखडा बन्दै गएको पालिकाको आज भोली सामाजिक सञ्जाल फेसबुक नै रंगीने गरी विरोध भईरहेको छ । तर गैर जिम्मेवार पालिका प्रमुख, कर्मचारी सुध्रिने छाँट काँट देखिदैन भन्छन स्थानीय जितेन्द्र यादव ।

मैले त सुरुमै कसैलाई कमिसन दिन सक्दिन भनेको थिए । बदनियत पूर्व काम अड्काएको मात्र हो प्रक्रिया पु¥याए भइहाल्यो नि सफ्टवेयर डेभलपर यादवले भने । वडा नं.२ को सबै फाइल रोक्ने आँट हुनुपथ्र्यो नी? काम भएको हेरी भुक्तानी दिन वा १८ नं. उठाउन हामिले के टक्राउनुपथ्र्यो ? झोकिदै उनले भने ।
सूचना पनि हामीले नै बजाएर, घरदैलो तीन लेयरमा काम गर्यौ, लागू गर्नुभयो भने भुक्तानी पश्चात् एक वर्षसम्म हामी टेक्निकल सपोर्ट दिन पनि रेडी छौँ। के तपाईँहरू लागू गर्न तयार हुनुहुन्छ? गाउँपालिकालाई प्रश्न गरे।

डेभलपर यादवले २०८१ अषाढ मसान्त भित्रै भुक्तानी हुनु पर्नेमा पैसा छैन, बजेटको सुनिश्चिता भएन भन्दै आज भोली गर्दा गर्दै आजको दिनसम्म भुक्तानी दिएको छैन । बजेट मिलाउने काम पालिकाको हो भुक्तानी दिन पैसा पुगेन भने १८ नम्बर फाँटबारी भर्ने काम पनि कार्यालयको हो कि ,काम गर्ने कम्पनी संस्थाको उनले प्रश्न गरे ।
भुक्तानी नभएपछि हाल सर्भिस स्टप गरिदिएको छु। भुक्तानी गरेपछि एक वर्षसम्म हामी टेक्निकल सपोर्ट दिन रेडी नै छौँ।

१ एक हजार १ एक सय घरधुरी र त्यस घरधुरीका सम्पूर्ण सदस्यहरूको विवरणलाई डिजिटलाइज गरेर रुजु समेत गरिदिएको छु । जागिर,शिक्षा, रोजगारी लगायत विभिन्न कामको शिलशिलामा घर बाहिर रहेकाहरुको छुट विवरण यो वर्षको दशैँ र दीपावलीको बीचमा पनि नागरिकाके घरघरमा गई विवरण सङ्कलन तथा अध्यावधिक गर्ने काम गर्यो उनले भने ।

रुपनी गाउँपालिका
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]