०३ बैशाख २०८२, बुधबार

काङ्ग्रेस, एमाले र माओवादीका युवाहरु सबै हामीसँगै आउनुहोस : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले काङ्ग्रेस, एमाले र माओवादीले दुई दशक सरकार चलाएपनि देशलाई केही दिन नसकेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित बृहत खबरदारी सभालाई सम्बोधन गर्दै उनले ४, पाँट पटक प्रधानमन्त्री बनेर सरकार चलाए पनि राष्ट्र र जनतालाई केही दिन नसकेको भन्दै काङ्ग्रेस, एमाले र माओवादीका युवाहरुले मिलेर देशलाई सहि दिशामा लान आग्रह गरे ।

उनले भने, ‘यो तस्करले चलाएको सरकार हो । यस्तो भ्रष्ट सरकारलाई जरैबाट उखालेर फ्याक्दिउ । काङ्ग्रेस, एमाले र माओवादीका मित्रहरुलाई पनि भन्छु दुई दशक भइसक्यो उहाँहरुकै मान्छे चार–पाँच पटक प्रधानमन्त्री बनेर चलाए तर के दिए ? त्यसैले काङ्ग्रेस, एमाले र माओवादीका युवाहरुलाई हामी सँगै मिलेर देशलाई सहि दिशामा लगौं ।’

यस्तै, उनले देश समाप्त हुने अवस्थामा पुर्‍याएको र भ्रष्टचारले डुबाएको भन्दै राष्ट्र बैंकको गभर्नर एक महिना अगाडि नियुक्ति गर्ने तयारी गर्नुपर्ने आजसम्म पनि भाउताउ मिलाइरहेको बताए ।

नौं महिनासम्म अस्पतालमा औषधी उपचार गर्नका लागि बस्ने अशक्त, मानसिक अवस्था बिग्रिएको मान्छेहरुले देश कहाँ लैजान्छन् भन्ने ठेगान नभएको पनि उनको भनाई छ ।

सांसद सिंह
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]