०३ बैशाख २०८२, बुधबार

हनुमाननगरमा निम्न वर्गीय बालबालिकाका लागि निःशुल्क शिक्षाको व्यवस्था : मन्त्री साहको घोषणा

सप्तरी, हनुमाननगर – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय नवल किशोर साह सुडीको प्रमुख आतिथ्यतामा आनन्द स्कुल, हनुमाननगरमा आयोजित “निम्न वर्गीय महिला तथा बालबालिका साक्षर कार्यक्रम” अत्यन्तै सफल र प्रभावकारी रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख वक्ता मन्त्री साहले उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म प्रत्येक कक्षाबाट एकजना गरी कुल १० जना निम्न वर्गीय, अपाङ्ग तथा अशक्त बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था गर्ने घोषणा गर्नुभयो। उहाँले ती बालबालिकाहरूको सम्पूर्ण शैक्षिक खर्च स्वयम् वहन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “शिक्षा सबै बालबालिकाको मौलिक अधिकार हो। चाहे उनीहरू निम्न वर्गीय, अपाङ्ग वा अशक्त किन नहोस्, कसैलाई पनि शिक्षाबाट वञ्चित हुन दिनु हुँदैन।”

मन्त्री साहको यो घोषणाले शैक्षिक समावेशीकरण र पहुँच विस्तारतर्फको महत्वपूर्ण कदमको रूपमा लिइएको छ। कमजोर वर्गका बालबालिकाहरूको उज्यालो भविष्य सुनिश्चित गर्न यसले ठोस मद्दत पुर्‍याउनेछ।

कार्यक्रममा हिन्दु स्वयं सेवक संघ मधेस प्रदेशका प्रतिनिधि, स्थानीय अगुवा, पत्रकार रबि शर्मा, बुद्धिजीवी, कर्मचारी, विद्यार्थी, साथै आनन्द स्कुलका संस्थापक आनन्द यादवको विशेष उपस्थिति रहेको थियो। सहभागी सबैले मन्त्री साहको घोषणालाई स्वागत गर्दै यसले समाजमा सकारात्मक सन्देश फैलाउने बताएका थिए।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]