१५ बैशाख २०८२, सोमबार

कुवेतविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।

बिहीबार हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा भएको सिरिजको पहिलो खेलमा कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको थियो । नेपाललले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

कुवेतविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका थिए आसिफले ३४ बलमा अर्धशतक पूरा गरे । अर्धशतक पूरा गरेलगत्तै ५३ रन बनाएर आउट भए । यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका थिए ।

कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् भने आशिफ शेखले ३४ बलमा चार चौका र दुई छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट, नन्दन यादवले दुई विकेट, ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट हात पारे।

यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: publickhabar1234@gmail.com