०३ बैशाख २०८२, बुधबार

पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बाबुको मृत्यु, छोरी घाइते

पोखरा । पोखरामा बिहीबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छिन ।

पोखरा–९ बसपार्कतर्फ जाँदै गरेको ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटरमा सवार पोखरा १४ चाउथे निवासी ५३ वर्षीय शिवराज कँडेलको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सोहि दुर्घटनामा परेर स्कुटरको चालक समेत रहेकी कंडेलकी छोरी २३ वर्षीया सुस्मिता कँडेलको हात र घुँडामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

ट्रक र चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

मृत्यु
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]