२८ चैत्र २०८१, शुक्रबार

राप्रावि तिलाठीलाई १० थान कम्प्यूटर प्रदान

राजविराज ‌। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका -१तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयलाई १० थान कम्प्यूटर प्रदान गरिएको छ।एभरेष्ट बैंक लिमिटेडले संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रबार एक कार्यक्रमबीच कम्प्युटर हस्तान्तरण गरेको हो।हाइड्रो इम्पायर प्रालिका सिइओका स्थानीयवासी उदतकान्त झाको पहलमा उक्त कम्प्युटर तिलाठी विद्यालयमा दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृपानन्द झाले जानकारी दिए।विद्यालयका प्रधानाध्यापक प्रविण कर्णले कम्प्युटरको लागि दातालाई धन्यवाद ज्ञापन गर्दै यसले विद्यालयमा थप उन्नति गर्ने विश्वास व्यक्त गरे।

हालको समयमा विद्यालयमा कम्प्युटर अध्ययन अनिर्वाय रहेको उल्लेख गर्दै पालिका अध्यक्ष अरुण कुमार मंडलले गाउँपालिकाको बजेटले कम्प्युटर किन्न अवस्था नरहेकोप्रति दुख व्यक्त गरे।पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले कम्प्युटरलाई संचालनमा ल्याउनु पालिकाको तर्फबाट गर्नुपर्ने कामको लागि सदैव तत्पर रह्ने बाचा गरे।कार्यक्रम सो वडाका वडाध्यक्ष, स्थानीय जनप्रतिनिधि, स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]