०३ बैशाख २०८२, बुधबार

“नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सब-इन्जिनियर बनेका पिताम्बर यादव पक्राउ”

राजविराज —भ्रष्टाचार मुद्दामा कैद सजाय पाएर एक वर्षदेखि फरार सप्तरीको रुपनी गाउँपालिका–१ का निवर्तमान वडाध्यक्ष पिताम्बर यादव पक्राउ परेका छन् । शुक्रबार साँझ उनलाई पक्राउ गरिएको हो ।

राजविराज–रुपनी सडकखण्डबाट रुपनीतर्फ जाँदै गर्दा यादवलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । यादव वडाध्यक्ष पदमा निर्वाचित हुनुअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा २०६९ माघ १५ देखि ०७४ जेठ १० सम्म तत्कालीन जिल्ला शिक्षा कार्यालय दैलेखमा सब–इन्जिनियर पदमा जागिर खाएका थिए ।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा करार सेवामा जागिर खाएका यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा ०७४ पुस २१ गते अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद र १५ हजार जरिवाना गर्ने फैसला सुनाएको थियो ।

भ्रष्टाचार मुद्दा चलिरहँदा नै यादवले जागिर छाडेर चुनाव लडेका थिए । वडाध्यक्ष पदमा निर्वाचित भइसकेपछि दोषी ठहर भएका यादव सर्वोच्च अदालत गएका थिए । तर, ०८० फागुन २२ गते सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि विशेष अदालतकै फैसला सदर गरेपछि यादव लुकिछिपी बस्दै आएका थिए ।

पिताम्बर यादव पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]