०३ बैशाख २०८२, बुधबार

सिरहा चोहर्र्वामा संचालित औषधी पसलले विरामीलाई ठगेको आरोप

सिरहा । सिरहाको पुरानो चोहर्वामा रहेको बेनाम औषधी पसलमा सेवाग्राहीलाई ठगेको पाइएको छ ।

नरहा गाउँ पालिका वडा नम्बर २ बाट औषधी लिन गएका एक बिरामी सोही बेनाम औषधि पसलबाट ठगिएका छन् ।

एक विरामीलाई डाक्टरले चेकगरि औषधी लेखेर दिएपछि पसलबाट त्यसको सट्टा भन्दै अर्कै औषधी दिँदै आएको स्थानीयले बताए । सट्टामा औषधी दिने चलन सो पसलमा एमआरबाट औषधी बेच्ने लक्ष्य मात्र राखेको बताइन्छ । वडा नं. २ का विरामी राजन यादवले औषधी लिएर गएको तथा औषधी खान छाडेपछि मात्र पेट दुःखाई कम भएको थियो । पेट दुखाई कम भएपछि उनले औषधी फिर्ता गर्न पसल गएपछि पसल संञ्चालकले औषधी फिर्ता गरिदिएनन् ।

बिना दर्ताको संञ्चालनमा रहेको औषधी पसल बेनाम रहेको छ । औषधी पसलले दिएको कालाभाम नामक ट्याबलेट फिर्ता गर्न गएपछि फिर्ता नगरेको गुनासो विरामीले गरेको छ । औषधि पसल संचालक सुनिल सिंहले औषधी फिर्ता नगर्नु पसलको गल्ती रहेको स्वीकारे ।
सो सन्दर्भमा गोलबजार नगरपालिकाका स्वास्थ्य संस्थाका संयोजक सरोज कर्णले बजारबाट जसरी अरु समान फिर्ता हुन्छ, त्यसरी नै औषधि पनि फिर्ता हुनुपर्छ यदि फिर्ता नगरे उनको बदमासी हो । यसबारे बुझेर थप बताउने उनले बताए ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]