०३ बैशाख २०८२, बुधबार

जनकपुरमा सरकारविरुद्ध प्रदर्शन, दुर्गा प्रसाईं रिहाइको माग

जनकपुर । जनकपुरधाममा नेपाल सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ । गत चैत्र १५ गत्ते काठमाडौंको तीनकुनेमा घटेको घटनामा सरकार स्वयम जिम्मेवार रहेको आरोप लगाउँदै जनकपुरधाममा सरकारकविरुद्ध विरोध प्रदर्शन एवम जुलुस निकालिएको हो ।

आइतवार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनकपुरधाममा सरकारविरुद्ध नारा लगाउँदै जुलुस निकालेको छ । उनीहरुले ‘नेपाल सरकार मुर्दावाद’, ‘केपी चोर देश छोड’, ‘देउवा चोर देश छोड’, ‘प्रचण्ड चोर देश छोड’, ‘दुर्गा प्रसाईंलाई रिहा गर’, ‘हिन्दू राष्ट्र कायम गर’लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन् ।

तीनकुने घटनामा सरकारले स्वयम दमन गरेर अश्रु ग्यास प्रहार गर्न लगाएको आरोप समाजका अध्यक्ष प्रकाशजंग राणाले लगाएका छन् । उनले राष्ट्रवादी नेताहरुलाई झुठा आरोप लगाउँदै मुद्दा चलाएर सरकारले जेल हालेको गलत रहेको बताएका छन् ।
पञ्चायतकालमा पनि यती धेरै अत्याचार नहुने गरेको भन्दै अध्यक्ष राणाले नेपाल सरकारलाई हाल थुनामा रहेका राष्ट्रवादी नेताहरुलाई तत्काल रिहा नगरे निरन्तर विरोध गर्ने चेतावनीसमेत दिए ।

जनकपुरधामको जनक चोकबाट राष्ट्रिय झण्डासहित निकालिएको जुलुसमा पाँचसय बढीको सहभागिता रहेको थियो ।

दुर्गा प्रसाईं रिहाइको माग
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]