०३ बैशाख २०८२, बुधबार

नव वर्ष २०८२ शुभारम्भ, उत्साहका साथ मनाइँदै

काठमाडौं । आज नव वर्ष अर्थात विक्रम संवत् २०८२ साल वैशाख १ गते देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी उत्साहका साथ मनाइँदैछ ।

नेपालमा विक्रम संवत्ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ । त्यसअनुसार वैशाख १ गते नयाँ वर्षकोरुपमा मनाइँन्छ ।

आज सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको दिन अर्थात् मेष सङ्क्रान्तिका दिन नयाँ वर्षको पहिलो दिन मान्ने प्रचलन छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन्।

आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन्।

बैशाख १ गते नव वर्ष मान्ने चलन नेपालमा मात्र नभई भारत, बाङ्ग्लादेश र श्रीलङ्कासहित एशियाका केही अन्य देशमा पनि आजको दिन नयाँ वर्ष मनाइन्छ ।

२०८२
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]