०३ बैशाख २०८२, बुधबार

शिक्षकहरुको आन्दोलनले काठमाडौं सडक अस्तव्यस्त

काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण सोमबार(आज)पनि काठमाडौंको सवारी आवगमन अस्तव्यस्त भएको छ ।

सरकारले विगतमा भएको सम्झौता कार्यान्वयन नभएको र सदनमा दर्ता गरेको शिक्षा विधेयक विरुद्ध बुधबारदेखि देशभरका शिक्षक काठमाडौंमा आन्दोलित भएका हुन् । जसका कारण काठमाडौंको भद्रकाली, बबरमहल, थापाथली, त्रिपुरेश्वर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वरलगायत ठाउँमा सवारी आवगमन अस्तव्यस्त भएको हो ।

आन्दोलनका कारण माइतीघरदेखि बानेश्वसम्म सवारी संचालन हुनै सकेका छैनन् भने अन्य स्थानमा ठूलो जाम भएको छ । जसकारण गन्तव्यमा हिँडेका यात्रुले हैरानी व्यहोर्नु परेको छ । मुख्य सडकमा सवारी आवगमन अवरुद्ध भएपछि नदी करिडोरमा चाप बढेको छ ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अगुवाइमा भइरहेको आन्दोलमा शिक्षकहरुले माइतीघरदेखि नयाँ बानेश्वसम्म प्रदर्शन गरिरहेका छन् ।

उनीहरु देशभरका सबै सामुदायिक विद्यालय नै बन्द गरेर आन्दोलनमा होमिँदा देशभरका लाखौं विद्यार्थी पढाइबाट बञ्चित भएका छन् भने काठमाडौंको सवारी आवगमन समेत प्रभावित बनेको छ ।

शिक्षकहरु प्रस्तावित विधेयमा गरिएका केही व्यवस्थाहरु खारेजसहित विभिन्न १८ बुँदे माग राख्दै आन्दोलमा उत्रिएका हुन् ।

शिक्षकहरुको आन्दोलन
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]