०३ बैशाख २०८२, बुधबार

तराई मधेशमा आज जुडशीतल पर्व मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक विदा

जनकपुर । नयाँ वर्ष २०८२ को दास्रो दिन आज तराई मधेशमा जुडशीतल पर्व मनाइँदैछ ।

शुद्धता, शान्ति, प्रकृतिप्रेम र सामाजिक सद्भावको प्रतिक रहेको जुडशीतल पर्व आज मनाइँदैछ । जुडशीतलमा शीतल जल (चिसो पानी) ले घर, तुलसी चौरा, बोटबिरुवा र मान्छेको शुद्धीकरण गरिन्छ । आजको दिन घरका ठूलाबडाले आफूभन्दा साना घरका सम्पूर्ण सदस्यहरुको टाउकोमा शीतल जल खन्याएर आशीर्वाद दिने परम्परा रहेको छ ।

यसले आदर, सम्मान र प्रेमको भावना बढाउने मान्यता रहिआएको छ । आजको दिन विभिन्न किसिमको तरुवा खाने मुख्य चलन रहेको छ ।
घर, आँगन र खेतमा रहेका बोट, बिरुवा र रुखमा आजको दिन पानी हालिन्छ ।

प्रकृतिलाई सम्मान र प्रकृतिसंगको अटुट सम्बन्धलाई जुडशितलले दर्शाउछ । तराईका क्षेत्रहरुमा आज हिलो खेल्ने परम्परा पनि रहिआएको छ । यसले माटोसँगको सम्बन्ध र शितलता प्रदान गर्ने जन विश्वास रहेको छ ।जुडशितलको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]