०७ बैशाख २०८२, आइतबार

विद्यार्थी भर्ना अभियानमा हिँडेका शिक्षकको स्कुल बसबाट खसेर मृत्यु

बैतडी : स्कुल बसको ढोकाबाट खसेर शनिबार बैतडीमा एक शिक्षकको मृत्यु भएको छ।

मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २८ वर्षीय शिक्षक विष्णुराज भट्ट रहेका छन्।

विद्यार्थी भर्ना अभियान प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ गइरहेका वेला महाकाली राजमार्गअन्तर्गत डिलासैनी गाउँपालिका–६ बांगाबगर पुग्दा साँझ साढे ५ बजेतिर स्कुल बसको ढोकाबाट खसेर शिक्षक भट्ट गम्भीर घाइते भएका थिए।

घाइते भट्टको गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिए।

मृतकको शव गोकुलेश्वर अस्पतालमै रहेको छ। घटनापश्चात् स्कुल बस र चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–५ का ६० वर्षीय उत्तरसिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतक शिक्षक चौलानी बोर्डिङ स्कुलमा गणित शिक्षकको रूपमा कार्यरत थिए।

मृत्यु स्कुल बस
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]