०७ बैशाख २०८२, आइतबार

तीव्र गतिको कार रूखमा ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते

विराटनगर। सुनसरीको इटहरीमा कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। इटहरी उपमहानगरपालिका–२० पानीपिया भन्ने स्थानमा शनिबार राति दुर्घटना भएको हो।

दुर्घटनामा परेर कारमा सवार इटहरी–१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो।

कारमा चालकसहित ४ जना सवार थिए। प्रहरीका अनुसार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गंगा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन्। उनीहरुको बीपीमै उपचार भइरहेको छ।

प्रहरीका अनुसार प्र–०१–०३० च ४६१८ नम्बरको कार अनियन्त्रित भएर राति ११ बजेतिर दुर्घटना भएको हो।सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार धरानबाट इटहरीतर्फ आउँदै गरेको कार सडकबाट पूर्वतर्फ रहेको जामुनको रूखमा ठोक्किएको थियो। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक छ। कार पूर्णरूपमा क्षतिग्रस्त बनेको छ।

मृत्यु
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]