१० बैशाख २०८२, बुधबार

पदभार ग्रहण गरेको भोलिपल्टै मिडिया काउन्सिलका अध्यक्ष उपाध्यायमाथि भ्रष्टाचार मुद्दा

जनकपुर । मधेश प्रदेश अन्तर्गतको मिडिया काउन्सिलका नवनियुक्त अध्यक्ष कमलप्रसाद उपाध्याय पदभार ग्रहण गरेको एकदिन नबित्दै भ्रष्टाचार मुद्दामा मुछिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयअन्तर्गत नियुक्त उपाध्यायले मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा मन्त्री राजकुमार लेखीबाट शपथ लिएपछि हिजो सोमबार पदभार ग्रहण गरेका थिए । तर, त्यसको भोलिपल्टै उनीमाथि आर्थिक अनियमितताको आरोपसहित मुद्दा दर्ता गरिएको छ ।

अख्तियारका अनुसार उपाध्यायले केएस मल्टिपरपोज कम्पनीका अध्यक्षका रूपमा बाराको पचरौता नगरपालिकाबाट २०७७/०७८ मा सञ्चालित ठेक्का कार्यको बोलपत्र सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरी मात्र एक प्रति प्रभाव दैनिकमा छापेर ३ लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी लिएको आरोप छ ।

आयोगका प्रवक्ता सहसचिव राजेन्द्र पौडेलका अनुसार, सूचना रेकर्डमा नराखी प्रकाशित नगरेको तथा प्रक्रिया विपरीत कार्य गरी गैरकानुनी लाभ लिने उद्देश्यले मतियारको भूमिका खेलेको ठहर गरिएको छ ।

भ्रष्टाचार मुद्दा मिडिया काउन्सिल
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]