१० बैशाख २०८२, बुधबार

आमाले गरिन् ढुंगाले हानेर चार महिने छोराको हत्या

पोखरा – तनहुँमा ४ महिने बालकलाई ढुंगाले हानेर हत्या गरिएको छ। ती बालकलाई आफ्नै हामाले ढुंगाले हानेर हत्या गरेकी हुन्।

घिरिङ गाउँपालिका–४ की कमला परियारले ४ महिने छोरा अर्जुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले बताए। यो घटना सोमबार साँझ ७ बजेको हो।

कमला माइतीघर जाने क्रममा भिमाददेखि नवलपुर डेढगाउँ जाने सडकखण्डमा ढुंगाले हानेर गम्भीर घाइते बनाएको उनको भनाइ छ। ‘स्थानीयले घाइते बालकको उपचारको लागि रामपुर अस्पताल पाल्पा लगेका थिए’, उनले भने। उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको छ।

नवलपुरको बौदीकाली गाउँपालिका–२ स्थायी वतन भएकी कमलालाई इलाका प्रहरी कार्यालय डेढगाउँले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित गराएर प्रारम्भिक अनुसन्धान पूरा गरिएको छ। कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप गरेर थप अनुसन्धान थालेको डिएसपी थापाले बताए।

छोराको हत्या
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]