२८ चैत्र २०८१, शुक्रबार

पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु

काठमाडौँ, ८ पुस : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज साँझबाट पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिने भएको छ । उक्त प्रणाली सक्रिय भएपछि वर्षा सुरु हुनेछ । यो वर्षको दिउँदको दोस्रो वर्षा आज रातिबाट सुरु हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।कर्णाली प्रदेशका पहाडी क्षेत्रमा राति साधारणतया बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ ।विभागका अनुसार बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। तराईलगायत पहाडी भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]