
काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप छनोटअघिको अन्तिम तयारीका लागि भारत जाने भएको छ ।
अप्रिल महिनाका लागि तय भएको भुटान टुर नहुने भएपछि नेपाली टोलीले भारतमा गएर अभ्यास भने गर्ने भएको छ । सम्भवत: नेपाली टोली आजै भारत जाँदै छ ।
भारतको दिल्लीमा हुने अभ्यास खेलको तालिका तथा अन्य जानकारी क्यानले आधिकारिक रूपमा आजै सार्वजनिक गर्ने जनाएको छ ।
नेपाल क्रिकेट संघ क्यानको वार्षिक क्यालेण्डरमा समावेश भए बमोजिम अप्रिलमा नेपाल टुर अफ भुटान उल्लेख थियो जसका लागि क्यानले भुटानको बोर्डसँग कुराकानी समेत गरिरहेको जनाएको थियो । तर भुटानमा हुने शृंखलामा थप अन्य स्तरीय टिम सहभागी नभएकाले टुर नहुने भएको हो ।
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीमा रहेको महिला टोलीले यसअघि घरमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग तथा युगाण्डा गएर चारदेशीय टी-२०आई शृंखला खेलेको थियो ।
एसिया छनोटका लागि नेपालको अन्तिम टोली पनि घोषणा भइसकेको छ ।
महिला क्रिकेट टोली