१५ बैशाख २०८२, सोमबार

६ वर्षमा ओखलढुंगामा चट्याङ लागेर १२ जनाको मृत्यु, २४ घाइते

ओखलढुङ्गामा चट्याङ लागेर पछिल्लो ६ वर्षमा १२ जनाको मृत्यु भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार चट्याङ लागेर ६ वर्षको अवधिमा १२ जनाको मृत्यु भएको हो ।

आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ सम्मको तथ्याङ्कअनुसार चट्याङ लागेर १२ जना मृत्यु र २४ जना घाइते भएका छन् । यो अवधिमा लाखौँको क्षति भएको तथ्याङ्क छ । पछिल्लो दुई वर्षमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चट्याङ लागेर तीन जना घाइते भएका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा ६ स्थानमा चट्याङ पर्दा दुई जनाको मृत्यु र सात जना घाइते भएका थिए ।

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि जिल्लाका स्थानीय तह र सरोकारवाला निकायले त्यति ध्यान दिएको देखिँदैन । चट्याङबाट बच्ने उपायबारे नागरिकमा आवश्यक ज्ञान नहुनु र चट्याङ रोकथामका लागि ‘अर्थिङ’ गर्नेलगायतका विधि अपनाउने गरिए पनि जिल्लामा यसको अभ्यास छैन ।

जिल्लामा सञ्चालित एफएम रेडियो र विद्युतीय उपकरण सञ्चालन गर्ने निकायहरूले बर्सेनि चट्याङबाट लाखौँको क्षति व्यहोर्दै आएका छन् ।

१२ जनाको मृत्यु चट्याङ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]