१५ बैशाख २०८२, सोमबार

शिक्षक आन्दोलन २७औं दिन जारी

काठमाडौं । शिक्षा आन्दोलनको २७ औं दिन आज(सोमबार) पनि जारी छ । आन्दोलनको २६ औँ दिन हिजो आइतबार बानेश्वरमा भएको झडपको घटनापछि पनि आज शिक्षकहरुले आन्दोलनलाई थप चर्काएका छन् । सोमबार विजुलीबजार क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
सडकमा उठेका आवाजलाई वार्ताबाट मत्थर पार्नुको सट्टा दमन गर्ने सरकारको नियतले मानवीय र भौतिक क्षति निम्तिएको भन्दै शिक्षकहरुले आन्दोलनका कार्यक्रमहरुलाई थप शसक्त बनाएका हुन् ।आइतबार शिक्षक आन्दोलनमा पनि प्रहरीले लाठी, बुट र पानीको फोहोरा हानेर बल प्रयोग गर्दा ६२ शिक्षक घाइते भएका थिए । झडपको घटनापछि नेपाल शिक्षक महासंघले देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलनका लागि आब्हान गरिसकेका छन् । यता, आँखा, टाउको, खुट्टा, नाक र मुखमा चोट लागेका नौ शिक्षक अस्पतालमा उपचाररत छन्‌ ।

चारजनाको सिभिल, तीनजनाको ट्रमा सेन्टर र दुईजनाको एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ । मुठभेडमा पाँच प्रहरी पनि घाइते भएका छन्‌ ।

शिक्षा आन्दोलनको २७ औं दिन
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]