१६ बैशाख २०८२, मंगलबार

मिर्चैया प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी कर्मचारीका कारण बदनाम बनेको छ । उनी हुन्, असई सौरभ झा । उनले सोमबार मात्रै एक सेवाग्रहीसँग दस हजार रुपैयाँ घुस मागेका थिए ।

तर, सञ्चारकर्मीले थाहा पाएपछि डरले उनले पैसा लिएनन् । ती सेवाग्राही एक उदाहरण पात्र हुन् । असई झाले मुद्दासँग सम्बन्धित सामान्य कामका लागि पनि सेवाग्राहीसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।

कुनै काम छिटो गरिदिने, सहज गरिदिने नाममा मात्रै होइन, प्रतिवादीहरूसँग उनले पैसा लिएर पक्राउ नै नगरी सरकारी वकिल र अदालतमा फाइल पेश गरिदिएको प्रशस्तै उदाहरण छन् । मिर्चैयाकै एक जनाले दर्ता गराएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनले त्यस्तै गरे ।

मुद्दा दर्ता भए पनि प्रतिवादी खुल्लेआम घुमिरहे । तर, प्रहरीले उनलाई फरार देखाएर फाइल अदालत बुझायो । ’प्रहरीमा मुद्दा दर्ता हुँदा पनि मान्छे पक्राउ नै नपरेपछि मुद्दाको के अर्थ भयो,’ ती पीडितले भने, ’जबकि प्रतिवादीलाई कति चोटी मैले सौरभसँगै देखेको थिएँ ।’

झाले आफ्नो नाममा मात्रै होइन, हाकिमहरूको नाममा पनि पैसा लिन्छन् । मिर्चैया प्रहरी स्रोतका अनुसार, उनलाई केही समयअघि मात्रै यस्तै उजुरीपछि कारबाही स्वरुप नसिहत पनि दिइएको थियो । तर, फेरि पनि उनी मुद्दा फाँटमै काम गरिरहेका छन् ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]