०३ बैशाख २०८२, बुधबार

बराहक्षेत्रमा मृगको मासु काट्दै गरेका दुईजना भरुवा बन्दुकसहित पक्राउ

सुनसरीको बराहक्षेत्र–१ तल्लो बगुवा टोलमा मृगको मासुसहित दुईजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतरा सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार बिहान करिब २ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ परेकाहरूमा ४४ वर्षीय मनबहादुर राई र ४२ वर्षीय राजेन्द्र राई छन्। उनीहरू भान्साघरमा मृगको मासु काट्दै गरेको अवस्थामा फेला परेका थिए। पक्राउको क्रममा प्रहरीले उनीहरूबाट ३ नाल भरुवा बन्दुक समेत बरामद गरेको छ।प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा भरुवा बन्दुक र मृगको मासुसहित पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ। यो घटनाले वन्यजन्तु चोरी शिकारीविरुद्धको अभियानलाई थप सशक्त बनाउन जरुरी रहेको संकेत गरेको छ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]