०२ माघ २०८१, बुधबार

अझै बनेन् पशु सेवा कार्यालय दोलखाको भवन

चरीकोट, पुस ९ गते । पशु सेवा कार्यालय दोलखाको भवन निर्माण गर्न हरेक वर्ष सहरी विकास तथा भवन कार्यालय धुलिखेलमा बजेट आउँछ । वर्षभरि काम हुन नसकेपछि त्यो पुनः फिर्ता हुन्छ । यस्तो प्रक्रिया तीन आर्थिक वर्षदेखि निरन्तर छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट भवन निर्माणका लागि आर्थिक वर्ष २०७८-७९ को १ करोड बजेट विनियोजन गरिएको थियो । तर काम हुन सकेन एक रुपियाँ पनि खर्च नभई बजेट फिर्ता भयो ।२०७९-८० मा कृषि तथा पशु विकास मन्त्रालयबाट एक करोड ५० लाख बजेट विनियोजित भएको थियो । सो बजेट पनि खर्च नभएपछि फिर्ता भएको थियो । आर्थिक वर्ष ०८०-८१ मा पुनः एक करोड ५० लाख सोही शीर्षकमा बजेट विनियोजन भयो । सबै प्रक्रिया सम्पन्न भयो त भीमेश्वर नगरपालिकाले नक्सा पास अनुमती नदिँदा भवन निर्माण कार्य अगाडि बढ्न नसकेको पशु सेवा कार्यालय दोलखाका प्रमुख डा. ज्ञान बहादुर जिरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक वर्ष बजेट विनियोजन हुन्छ । काम हुन नसकेपछि फिर्ता हुने गरेको छ । नक्सा पासका लागि राजस्व पनि तिरेका छौ, पटक पटक लिखित रूपमा पत्र पठाएका छाैँ, न नगरपालिकाले राजस्व तिरेको रसिद दिन्छ न पत्रको जवाफ पठाउँछ ।”

भवन निर्माण नहुँदा कार्यालयमा रहेका उपकरण प्रयोगविहीन बनेका छन् । भवनसहित भौतिक पूर्वाधारको अभावले उपकरणहरू प्रयोगविहीन बनेको कार्यालय प्रमुख जिरेलले बताउनुभयो । पशु जाँचका लागि ल्याइएका ल्याब र भिडियो एक्सरे मेसिन भवन अभावले प्रयोगविहीन बनेका हुन् । उहाँले भन्नुभयो, “पशु जाँच गर्ने उपकरण छ, तर राख्ने ठाउँको अभावले थन्क्याइएको छ । पशुलाई राखेर उपचार गर्ने ठाउँसमेत छैन ।” कार्यालयमा दैनिक उपचारका लागि ल्याइने पशुलाई राखेर उपचार गर्ने ठाउँ समेत नभएको जिरेलले बताउनुभयो । सबै पशुलाई एकै ठाउँमा राखेर उपचार गरिँदा उल्टै रोग एकअर्कामा सर्ने जोखिम उच्च हुन्छ । तर छुट्टाछुट्टै राख्नलाई ठाउँ छैन, कतिपय भवनका कोठामा पानी चुहिने गरेको कार्यालयले जनाएको छ । उपचारका लागि कार्यालयमा लगिएका पशुहरू थप सरूवा रोग लिएर फर्किने चिन्ता रहेको किसानले गुनासो गरेका छन् । अस्पतालमा उपचार र परीक्षणका लागि प्रयोग गरिएका उपकरणहरू व्यवस्थापन गर्ने उचित ठाउँ नभएको कार्यालयले जनाएको छ ।

कार्यालयले २५ वर्ष अगाडि निर्माण गरिएका भौतिक संरचनाबाट सेवा दिँदै आएको छ । कार्यालयको भौतिक पूर्वाधार निर्माण र क्षमता विस्तारका लागि बजेट विनियोजन भए पनि भीमेश्वर नगरपालिकाले नक्सा पासको स्वीकृति नदिँदा बजेट फ्रिज हुनेगरेको कार्यालयले जनाएको छ । कार्यालयले भवन निर्माणका डीपीआर तयार गरे तापनि नगरपालिकाले स्वीकृति नदिएका कारण निर्माणको प्रक्रिया अघि बढ्न नसकेको कार्यालयले जनाएको छ । कार्यालयको नाममा २ हजार २२० वर्गमिटर जग्गा रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]