२८ चैत्र २०८१, शुक्रबार

हनुमाननगर कंकालनीमा फेरि किशोरीको हत्या, शव कोशीको झाँगमा फेला

सप्तरी जिल्लाको हनुमाननगर कंकालनी नगरपालिकामा श्रृंखलाबद्ध आपराधिक घटनाले त्रास फैलाएको छ। केही दिनअघि मात्र रॉयल बोर्डिङ स्कुलमा अध्ययनरत एक छात्रामाथि भएको ज्यान मार्ने प्रयासले नगरवासीहरू अझै स्तब्ध छन्।

यसैबीच, आज पुनः नगरपालिकाको वडा नं. ११ स्थित सखुवा टोल नजिकको कोशी नदीमा अन्दाजी १४ वर्षीया किशोरीको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

अस्थानीय बासिन्दाहरूले कोशी नदीको झाँगमा शव देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार, किशोरीको हत्या गरेर शव फालिएको हुनसक्ने अनुमान गरिएको छ। तर, घटनाको यथार्थ पत्ता लगाउन प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ।

पीडित किशोरीको परिचय हालसम्म खुलेको छैन। के कारणले हत्या गरिएको हो भन्ने बारेमा पनि प्रशासनले कुनै ठोस जानकारी दिन सकेको छैन। शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको र कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अन्तर्राष्ट्रिय सीमा नजिक रहेको हनुमाननगर कंकालनी क्षेत्रमा आपराधिक गतिविधि बढ्दै गएको भन्दै स्थानीय बासिन्दाहरूले सुरक्षा व्यवस्था थप कडा बनाउन आग्रह गरेका छन्। प्रशासनले दोषीलाई छिटो पत्ता लगाएर कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

नगरवासीमा यस घटनाले थप त्रास सिर्जना गरेको छ भने स्थानीय निकायले सुरक्षाका उपायहरूमा सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]