०३ बैशाख २०८२, बुधबार

अटो टेम्पोमा भेटियो ६० किलो गाँजा

विराटनगर : विराटनगरमा अटो टेम्पोबाट ६० किलोग्राम गाँजा बरामद भएको छ। सडकको साइडमा राखेर राखिएको अटोबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपालको एफओपी (फरवार्ड अब्जरभेसन पोस्ट) बखरीबाट खटिएको सइ ओमबहादुर खड्का नेतृत्वको टोलीले सोमबार साँझ ७ बजेतिर को २ हा १९६९ नम्बरको अटो नियन्त्रणमा लिएको थियो। मोटरसाइकल गस्तीमा रहेको सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१८ झटियाहीस्थित सडकको छेउमा राखेर राखेको अटो नियन्त्रणमा लिएर खानतलासी गर्दा लागुऔषध गाँजा फेला परेको जानकारी सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काले दिए।

उनका अनुसार गाँजासहित अटोलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ। अटो चालक फरार रहेकाले खोजी भइरहेको एसपी खड्काले बताए।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]