2024-12-04
कर्जा प्रवाह घट्यो, आधार दर पनि घट्दो
निक्षेप सङ्कलनको तुलनामा कर्जा प्रवाहको गति सुस्त रहँदा वाणिज्य बैङ्कको औसत आधार दर पनि लगातार घट्दो क्रममा रहेको छ । एक वर्षभन्दा
बढी समयदेखि बैङ्कले निक्षेपको ब्याजदर लगातार घटाइरहेका छन् ।
जसका कारण लागत कम भई आधार दरमा पनि कमी आइरहेको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कको औसत आधार दर पाँच महिनामा डेढ प्रतिशतले घटेको छ ।गत असारमा ८.८ प्रतिशत रहेको बैङ्कको आधार दर मङ्सिरमा ७.३२ प्रतिशतमा झरेको छ । कात्तिक महिनामा यस्तो औसत आधारदर ७.४४ प्रतिशत रहेको थियो, गोरखापत्रमा खबर छ ।