०२ माघ २०८१, बुधबार

रवि धरौटीमा रिहा भएका हुन्, अदालतले निर्दोष भनेको होइन : महत

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्दोष नभएको बताएका छन् । गृहजिल्ला नुवाकोटको तादी र पञ्चकन्या गाउँपालिकाको संगमस्थल सूर्यमती नदी र हेमवती नदीको संगम तादी दर्खु दोभानमा निर्माण हुन लागेको नेपालकै दोस्रो तीनमुखे झोलुङ्गे पुलको शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन् ।‘सरकारले गरेको यो त गलत रहेछ, उ त छुट्यो भनेर हल्ला मच्चाइरहेका छन्,’ रवि समर्थकहरूले धरौटीमा रिहा भएपछि प्रयोग गरिरहेको भाष्यप्रति टिप्पणी गर्दै पूर्वअर्थमन्त्री समेत रहेका नेता महतले प्रश्न गरे, ‘धरौटी के को लागि ६५ लाख धरौटी अदालतले यो–यो कारणले नराखिकन छोड्न मिल्दैन भने पछि केही समस्या नभएको भए धरौटी माग्थ्यो ?’ सरकारले अदालतमा दायर गरेको मुद्दामा रविको संलग्नता नदेखिएको भए अदालतले सोझै छोड्न सक्ने भन्दै कांग्रेस प्रवक्ता महतले धरौटीले उनको संलग्नता देखिएको जिकिर गरे । ‘सरकारले गलत मुद्दा दायर गरेको रहेछ भनेर अदालतले सिधै छोडिदिन्थ्यो । धरौटी राख्नुको मतलब के हो भने त्यहाँ केही समस्या रहेछ,’ उनले भने, ‘छोड्न त छोडेको छ, मुद्दा टुंगिएको छैन । मुद्दा नटुंगिदासम्म ६५ लाख तपाईंले राखेर बल्ल बाहिर जान पाउनु हुन्छ भनेर त्यो सहुलियत दिएको हो । अदालतले निर्दोष हो भनेको होइन ।’

public khabar24 धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी प्रकाशशरण महतले जिल्ला अदालत कास्कीबाट सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता सभापति रवि लामिछाने निर्दोष नभएको बताएका छन्
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]