वीरगन्ज, श्रीराम उत्सवको अवसरमा आज वीरगन्जको गहवामाई मन्दिर परिसरमा भव्य दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। धार्मिक उत्साह र भक्ति भावका साथ आयोजित यस कार्यक्रमले मन्दिर परिसरलाई झिलिमिली बनाएको थियो।
दीप प्रज्वलनमा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखियो। सहभागीहरूले श्रीरामको नाममा दीप प्रज्वलन गर्दै भक्तिभाव प्रकट गरेका थिए। कार्यक्रमका क्रममा धार्मिक गीतहरू गाइँदै मन्दिर परिसरमा विशेष पूजा पनि गरिएको थियो।
उत्सवका अवसरमा गहवामाई मन्दिर परिसरमा आकर्षक सजावट गरिएको थियो। कार्यक्रममा सहभागीहरूले यस्तो गतिविधिले धार्मिक परम्परालाई जगेर्ना गर्न र सामाजिक सद्भावलाई अझ बलियो बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका छन्।
श्रीराम उत्सवको कार्यक्रम यसै सातासम्म जारी रहने आयोजकले जनाएका छन्।
publickhabar24 गहवामाई मन्दिर दीप प्रज्वलन