०१ माघ २०८१, मंगलबार

रविको थुनछेकमा सरकारी वकिलको बहस जारी, कास्की अदालतको आदेश बिर्सेर थुनामा पठाउनु पर्ने जिकिर

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेकमा सरकारी वकिलको बहस जारी छ ।

सरकारी वकिलहरूले सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणलगायतका मुद्दामा अनुसन्धान भइरहेकाले प्रतिवादीलाई अहिले थुनाबाहिर राख्दा प्रमाण नष्ट हुने जिकिर गरेका छन् । साथै, कास्की अदालतले गरेको आदेश बिर्सिएर पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने बताएका छन् ।

‘कास्की अदालतको आदेश बिर्सिदिनुस् श्रीमान्, रवि लामिछानेलाई थुनामै पठाउनुपर्छ,’ सरकारी वकिलले बहसका क्रममा भने । रविलाई थुनामा पठाउन सरकारी वकिलहरूले पेस गरेको अर्को आधार हो, उनले काटेका चेकहरू । लामिछाने एक्लैले सहकारीबाट ल्याएको पैसाबाट ८ सयभन्दा बढी चेक काटेको, सहकारीको पैसाले गाडी किनेको र किस्ता तिरेको दाबी उनीहरूले गरे ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पाँच जना सरकारी वकिलले लामिछानेविरुद्ध बहस गरिसकेका छन् । अझै ६ जना सरकारी वकिल बहस गर्ने तयारीमा छन् । न्यायाधीश अधिकारीले सरकारी वकिललाई दुई घण्टाकाे समय दिएकाेमा बहस सकिएकाे छैन । लामिछानेको पक्षबाट भने दुई वरिष्ठ अधिवक्ताहरू सुशील पन्त र रमण श्रेष्ठले बहस गर्ने तय भएको छ ।

रवि लामिछाने
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]