काठमाडौँ । तराई–मधेस केन्द्रित दलहरूले मोर्चा गठनको तयारीलाई तिब्रता दिएका छन् । संसदमा प्रतिनिधित्व गर्नेदेखि संसद बाहिर रहेका तराई मधेस केन्द्रित दलले मोर्चा गठन गर्ने तयारी गरेका हुन् ।
जसअनुसार समर्पण एकडेमी, धुम्बाराहीमा पहिलो पटक संयुक्त कार्यदलको बैठकमा नेताहरु जुटेका छन् । सो बैठकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट रेणु यादव र इस्तियाक राई सहभागी हुने छन् भने उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नेपालवाट राजकिशोर यादव सहभागी हुँदैछन् ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल तथा सुरेन्द्र झा सहभागी रहने छन् भने जनमत पार्टीबाट अब्दुल खान र शरद यादवको प्रतिनिधित्व रहनेछ ।
यसैगरी संसद बाहिर रहेका दलहरूमध्ये हृदयेश त्रिपाठी नेतृत्वको जन प्रगतिशील पार्टीबाट शिवजी यादव तथा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट केशव झाको प्रतिनिधित्व रहनेछ भने तराई मधेस लोकतान्त्रिक पार्टीबाट वृषेशचन्द लाल स्वयं उपस्थित हुने जनाइएको छ।
तराई–मधेस केन्द्रित दलहरू