काठमाडौँ । माघीको अवसरमा काठमाडौँमा रहेका थारु समुदायले झाँकीसहित र्याली निकालेका छन् । वसन्तपुरमा भेला भएर थारु समुदायका सदस्यहरूले टुँडिखेलसम्म नाच्दै गाउँदै र्याली निकालेका हुन् । र्यालीका सहभागीहरूले गीत र नाचबाट माघीको शुभकामना दिएका छन् । माघी महोत्सवमा काठमाडौँमा रहेका सबै आफन्तलाई बोलाएर मिष्टान्न भोजनसहित शुभकामना समेत आदानप्रदान गर्ने गरिन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ ।
public khabar24 थारु समुदायले झाँकीसहित र्याली निकालेका माघीको अवसरमा काठमाडौँमा