०९ माघ २०८१, बुधबार

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई हातपात गर्नेमाथि कारबाही गर्न माग

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध हातपातको घटनामा संलग्नलाई कानुनी कारवाही गर्न जवाफदेहिता निगरानी समितिले माग गरेको छ ।मुद्दाको पक्षलाई प्रतिनिधित्व गरेकै कारण काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता तथा जवाफदेहिता निगरानी समितिका सदस्य त्रिपाठीमाथि हातपात भएको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समितिले उक्त घटनाको निन्दा गरेको छ ।यो घटना एउटा कानूनव्यवसायीमाथि मात्र लक्षित नभई कानूनी शासन, मानवअधिकार र स्वतन्त्र न्यायपालिकाविरुद्धको घटना भएकाले यस्ता घटनामा शून्य सहनशीलता अपनाउन सम्बन्धित सबै निकायलाई निगरानी समितिले आह्वान गरेको छ ।वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध भएको आपराधिक कार्यमा संलग्न सबैलाई तत्काल कानूनी कारवाही गर्न र जुनसुकै कानूनव्यवसायीले आफ्नो मुद्दाको पक्षलाई निर्धक्क प्रतिनिधित्व गर्न सक्ने वातावरण सुनिश्चित गर्न नेपाल सरकारसँग निगरानी समितिले माग गरेको छ ।बुधबार काठमाडौं जिल्ला अदातल परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका समर्थकले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।

कारवाही गर्न जवाफदेहिता निगरानी समितिले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध हातपातको घटनामा संलग्नलाई कानुनी
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]