०३ बैशाख २०८२, बुधबार

कार र मोटरसाइकल ठोक्किंदा आमाको मृत्यु, ३ वर्षीया छोरी घाइते

काठमाडौं । भक्तपुरमा कार र मोटरसाइकल ठोक्किंदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मोटरसाइकल चालक भोजपुर घर भइ काठमाडौं पेप्सीकोला बस्ने राजु राईकी श्रीमती सपना राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत सोमबार मध्यपुरथिमि नगरपालिका-२ दिव्यश्वरीस्थित सडकमा पेप्सीकोलाबाट मगर गाउँतर्फ जाँदै गरेको बा.प्र.०१-०२७च.९२७ नम्बरको कार र सोही दिशातर्फ जाँदै गरेको बा.५० प.७४१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी सपनालाई उपचारका लागि मदरल्याण्ड अस्पताल लिइएको थियो । त्यहाँबाट थप उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लिइएकोमा उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

सपनाको शव अस्पतालमै राखिएको छ । दुर्घटनामा घाइते भएकी उनकी तीन वर्षीया छोरी ईश्वरीको सोही अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।

कार चालक रामेछाप सुनापाती गाउँपालिका-१ घर भइ बूढानीलकण्ठ-४ बस्ने ३४ वर्षीय कृष्णप्रसाद गौतमलाई प्रहरी वृत्त ठिमिले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मृत्यु
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]