२८ चैत्र २०८१, शुक्रबार

कर्मचारीको लापर्वाहीका कारणले सेवाग्राही समस्यामा सेवाग्राहीलाई सास्ती

सुनसरी। नापी कार्यालय सुनसरीका कर्मचारीको लापर्वाहीका कारणले सेवाग्राही समस्यामा परेका छन् । जग्गा किन्दा बनाएको नक्सा पछि आएर कम भएको वा घटाएको बताउने, समयमा काम नगर्ने २२ फिट चौडाई भएकोलाई १७ फिट मात्रै रहेको कायम गर्ने लगायतका घटनाले नापी कार्यालयमा कर्मचारीको लापर्वाही बढेको पुष्टी भएको हो ।

सर्वसधारण सेवाग्राहीले आफ्नो कामका लागि जादाँ सबै कुरा थाहा नभएको र कर्मचारीले इमान्दारी पूर्वक काम गरेको विश्वास गर्दा नापी कर्मचारीले भने लापर्वाही गर्दा सेवाग्राहीलाई सास्ती हुने गरेको पाइएको छ ।नेपाल खेलापढी व्यसायी एसोसिएसन सुनसरीका कोषाध्यक्ष प्रताप भट्टराईका अनुसार नापीमा कर्मचारी पिच्छेको नियम र काम गर्ने शैलीका कारणले सेवाग्राहीलाई सास्ती खेप्नुपरेको छ ।

समयमा काम नगर्ने , गरेको काममा पनि नक्सा विगार्ने, घटबढ गरिदिने गरि नापी कार्यालयका कर्मचारीले फटाही र लापर्वाही गर्दा सेवाग्राहीलाई सास्ती बेहोर्नुपरेको भट्टराईको दावी छ । उता नापी कार्यालय प्रमुख हरेराम यादवले केही प्राविधिक कारणले भएको त्रृटिहरुलाई संसोधन र सच्याउदै अगाडि बढ्ने प्रतिकृया दिनुभयो ।

यादवले नापी कार्यालयमा कर्मचारीको लापर्वाही भने नभएको दावी गर्नुहुदै केही प्राविधिक कारणले सेवाग्राहीलाई सास्ती भएकोमा त्यसमा आफूले सहजिकरण गर्ने र समस्याको सामाधान दिने प्रतिकृया दिनुभयो ।दर्जन बढी सेवाग्राहीको नक्सामा कमबेसी गरेकाले कर्मचारीको नियत माथि शंका रहेको स्थानीय सेवाग्राही गोपाल यादवले बताउनुभयो

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]