०३ बैशाख २०८२, बुधबार

एनपिएल क्रिकेटः काठमाडौँ गुर्खाज टस जितेर बलिङ गर्दै

काठमाडौँ, १९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौँ गुर्खाजले टस जितेर बलिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भर्खरै भएको टसमा काठमाडौँका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । आजको खेल दुवैका लागि महत्त्वपूर्ण मानिएको छ ।

काठमाडौँ पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियोभने कर्णाली जनकपुर बोल्टस्सँग आठ विकेटले पराजित भएको थियो । काठमाडौँको टोलीमा कप्तान करण केसीसहित भीम सार्की, साहव आलम, शङ्कर राना, रसिद खान, सुमित महर्जन, दिपेश कँडेल, माइकल लेभिट, स्टेफन स्किनाजी (विकेटकिपर), जेरार्ड इरास्मस र नाथन सोउटर छन् ।

त्यसैगरी, कर्णालीको टोली कप्तान सोमपाल कामीसहित शिखर धवन, गुल्सनकुमार झा, अर्जुन घर्ती, विपिनप्रसाद शर्मा, भुवन कार्की, नन्दन यादव, चाडविक वाल्टन (विकेटकिपर), देव खनाल, बाबर हायत र जिसन मक्सुद छन्।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]